वेमाैषमी विपत्तीले विऊ धान उत्पादनमा समस्या (भिडियाे सहित)

२२ कार्तिक २०७८/डिकेश लामा

वेमौषमी बर्षाका कारण झापामा विऊ धानमा खेती गर्दै आएका किसानहरु समस्यामा परेका छन् । धान लडे पछि विऊ राख्न नमिल्ने भएका कारण ठूलो क्षेत्रमा व्यवसायिकरुपमा विऊ धानमा खेती गर्ने किसानलाई समस्या भएको हो । झापाको गौरादह नगरपालिकामा सयौं विगाह क्षेत्रमा किसानले विऊका लागि धान खेती गर्दै आएका छन् । तर यस बर्षको वेमौषमी विपतीले अधिकाशं धान लडे पछि विऊ उत्पादनमा समस्या आउने महारानी झोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो ।

सहकारीले खेती गर्न अग्रिम अनुदान दिएको किसानबाट यस बर्ष २६ हजार मन विऊ धान संकलन संस्थाको योजना थियो । तर विपत्तीका कारण विऊ उत्पादनमा ह्रास आउने सहकारी मार्फत संचालित सामुदायिक विऊ प्रशोधन तथा भण्डार केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो ।

लडेको धान विऊमा नजाने भए पछि किसानलाई समेत समस्या भएको छ । विऊ धान खयन भन्दा महँगो मुल्यमा विक्री हुने भएकाले धेरै किसानहरु सहकारीको समन्वयमा विऊमा खेती गर्दै आएका छन् । तर यस बर्ष विपत्तीले विऊ धानमा किसानहरुलाई समेत मार परेको उनीहरुले बताएका छन् ।

नेपालमा सामुदायिक स्तरमा ठूलो क्षेत्रमा गौरादहका किसानले उन्नत प्रजातिका धानका विऊहरु उत्पादन थालेका छन् । तर यस बर्षको विपत्तीले आउने बर्ष धानको विऊमै समस्या आउन सक्ने कृषि प्राविधिकको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९० संक्रमित, ४२५ निकाेः ५ जनाकाे मृत्यु
Next post नेपालमा आज ५३३ संक्रमित, ४८४ निकाेः १ जनाकाे मृत्यु