नेपालमा आज ५३३ संक्रमित, ४८४ निकाेः १ जनाकाे मृत्यु

२३ कार्तिक २०७८, काठमाडौं- नेपालमा गएकाे २४ घण्टामा ५ सय ३३ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर १६ हजार ७ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ५ सय ३३ संक्रमित थपिएका हुन् । २४ घण्टामा ४ सय ८४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९६ हजार ३ सय ६ जना निकाे भइसकेका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा १ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ५४ पुगेकाे छ । दाेस्राे भेरियन्ट अाए यता मृत्यु हुनेकाे संख्या केही दिन यता घट्न थालेकाे छ । हाल देशभर ७ हजार ६ सय १२ जना सक्रीय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वेमाैषमी विपत्तीले विऊ धान उत्पादनमा समस्या (भिडियाे सहित)
Next post नयाँ पर्यटकीय क्षेत्र चिनाउन मंगाेलियन हर्ट व्याण्ड झिलझिलेमा अाउने