पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासकाे मूल्यवृद्धि

२५ कार्तिक २०७८,काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । गएरातिदेखि लागू हुनेगरी एलपिजी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरी १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ । त्यसैगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बढाइएको छ । हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । खरिद मूल्य नै महँगो परेको र नेपालको सीमा जोडिएको रक्सौल बजारभन्दा नेपालमा पेट्रोल ३७ रुपैयाँ ५३ पैसा र डिजेल ३० रुपैयाँ ६५ पैसा सस्तो रहेको तथा ग्यास प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराइले बताउनुभयो । यस अघ चाडबाडकाे समयमा मुल्य बृदि गरेकाे भन्दै विधार्थी संगठनले विराेध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हर्साेल्लासका साथ छट सम्पन्न (फाेटाे फिचर सहित)
Next post नेपालमा आज ३१७ संक्रमित, २७९ निकाेः ६ जनाकाे मृत्यु