
२५ कार्तिक २०७८, काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ सय १७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७९ जना कोरोना मुक्त भएका छन् । यस्तै ६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६६ पुगेको छ ।
देशभर हाल ७ हजार ५ सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
