
१ मंसीर २०७८, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ९९३ जनाको परीक्षणमा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा थप २ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ८३ पुगेकाे छ ।
