
२ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ९९ नयाँ संक्रमित थपिएका छन् । देशभर ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
२४ घण्टामा २ सय ६० डिस्चार्ज भएका छन् । ६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ८९ पुगेकाे छ ।
