६० लाख रुपयाँ भन्दा धेरै खर्चमा बेलडाँगीमा भोलि भव्य कार्याक्रम हुँदै (इन्ट्रा अध्यक्ष डिल्ली अधिकारीसँगको कुराकानी सहित )

१० मंसीर २०७८/डिकेश लामा

झापाको दमक स्थित वेलडाँगी शरणार्थी शिविरमा इन्ट्रानेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशनको आयोजनामा बृहत साँगीतिक तथा समुद्घाटन कार्याक्रम हुने भएको छ । फाउण्डेशनका पदाधिकारी र वेलडाँगी तथा पथरी शनिश्चरे शिविरका सचीव तथा अन्य जिम्मेवार पदाधिकारीबीच शनिवार कार्याक्रम हुने फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताउनु भयो ।
कार्याक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरको. सहभागितामा रियालिटी सोको समूद्घाटन र बृद्धबृद्धालाई दिनको समयमा बस्ने तथा कुराकानी गर्ने घरको समेत उद्घाटन गरिने बताइएको छ ।

आज दमकका गरिएको एक अन्तकृया कार्याक्रममा फाउण्डेशनले सवैको साझा संस्थाको रुपमा रहेको यो कार्याक्रमले नेपालीभाषीको पहिचान र सँस्कृति संरक्षणमा ठूलो टेवा पुग्ने बताउनु भयो । अधिकारीले नेपालमा फाउण्डेशनले पथरी र वेलडाँगीका केही शिक्षक व्यवस्थापनमा मासिक ३ लाख हाराहारीमा खर्च गरी शरणार्थी बालबालिका पढाउने कार्यमा सहयोग गरेको बताउनु भयो ।
उहाँले अव भूटान फर्कने संभवना अन्त्य भएकाले नेपाल सरकारले शरणार्थीको समस्या समाधानमा चासो दिनु पर्ने बताउनु भयो । जसका लागि यस पटक नेपालका प्रधानमन्त्री देखि जिम्मेवार नेतृत्वलाई भेटघाट गर्ने कार्य समेत गरेको बताउनु भयो ।

अधिकारीसँग डिकेश लामाले गरेको कुराकानीको अंश जस्ताको तस्तै
नोट: भिडियोमा प्रयोग भएका केहि फुटेज कार्यक्रमका समेत रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पछिल्लाे २४ घण्टामा २७० संक्रमित, ३०२ निकाेः २ जनाकाे मृत्यु
Next post दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी: संक्रमण तीब्र