
१४ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ५५ संक्रमित थपिएका छन् । देशभर ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण हुँदा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय २६ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ९ सय ३१ मा झरेकाे छ ।
