व्याज अनुदानले कमलका किसान व्यवसायिक खेतीमा उत्साहित

१४ मंसीर २०७८/सारासन्देश समाचार

झापाको कमल गाउँपालिका भित्र मात्र पछिल्लो समय ६ सय भन्दा धेरै कृषिजन्य संस्था र फार्महरु संचलानमा आएका छन् । गाउँपालिकाले २ बर्ष यता व्याज अनुदानमा ऋण उपलव्ध गराउँन थाले पछि किसानहरु उत्साहित भएर कृषि व्यवसायमा जुट्न थालेका छन् । झापाको कमल गाउँपालिका वडा नं. ४ का विद्यापति तिम्सिनाले व्यवसायिकरुपमा कागतीसँगै कुखुरा पालन थाल्नु भएको छ । आफूले थालेको खेती विस्तारमा समस्या भईरहेको वेला व्याज अनुदानमा गाउँपालिकाले ऋण दिने भए पछि उहाँलाई व्यवसाय गर्न थप हौसल्ला मिलेको छ ।

व्याज अनुदानमा ऋण पाउने भए पछि किसानहरु थप उत्साहित भएर कृषि व्यवसायमा लागेका छन् । गाउँपालकिाले यस बर्ष मात्र १ सय १२ जना किसानलाई ऋण वितरणका लागि छनौट गरी प्रकृया थालिएको पालिकाका पशु सेवा शाखा प्रमुख दिपेन्द्र लामिछानेले बताउनु भयो । पालिकाले ऋण दिन थाले पछि किसानहरु धेरै जसो पशु पालनमा जुट्न थालेका छन् । विदेशबाट फर्किएर आएर व्यवसाय थालेका तर विस्तार गर्न समस्या भएकाहरुलाई लक्षित गरी थालिएको व्याज अनुदान कार्याक्रम प्रभावकारी बन्दै गएको कमल गाउँपालिकाका प्रशासकीय अधिकृत काजिमान राईले बताउनु भयो । राईका अनुसार २ करोड बजेटको घुम्ती कोष खडा गरिएको छ । कोषबाट पशुपालक किसानलाई एक जना बराबर २ लाखसम्म ऋण दिने गरिएको छ । ऋण उपलव्ध गराए पछि सहकारीले व्यवसाय गर्नेबाट व्याज सहित रकम लिने र ऋण चुक्ता गरे पछि व्याज अनुदान बापत उपलव्ध गराउने विधि बनाएर किसानले इच्छाएको सहकारीबाट ऋण लिने र कारोवार गर्ने गरिँदै आएको छ ।

झापा जिल्लामा पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत कृषि फार्म दर्ता गरेर संचालन गर्ने किसानहरुको संख्या बर्षेनी बढ्न थालेको छ । राज्यले उपलव्ध गराउने अनुदान तथा ऋण दिन थाले पछि व्यवसायिकरुपमा कृषि फार्म संचालन गर्न थालेको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २५५ संक्रमित, २५६ निकाेः २ जनाकाे मृत्यु
Next post आयोजकलाई हराउँदै तुर्केनी काँकडभिट्टा फुटवल क्लव विजयी