दमकमा राष्ट्रपति भण्डारीको उपस्थितिमा बृहत साहित्यिक कार्यक्रम हुने

२२ मंसीर २०७८/सारासन्देश समाचार
नेपालमा पहिलो पटक स्थानीय सरकारले साहित्य,कला, सँस्कृति र विज्ञान प्रविधिको विकास गर्न गठित दमक प्रज्ञा प्रतिष्ठानले वृहत साहित्यिक कार्यक्रमबीच एकसाथ ६ वटा पुरस्कार प्रदान गर्ने तयारी थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा आगामी पौष २४ गते प्रतिष्ठानको स्थापना दिवशको अवसरमा पुरस्कार वितरण गर्ने आज जारी एक प्रेश विज्ञप्तीमा जानकारी दिइएको छ ।
प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तीमा दमक प्रज्ञा प्रतिष्ठानले विशष्टि प्रतिभा, सँस्कृति, मातृभाषा साहित्य, कलासाधाना, विज्ञान प्रविधि र बाल प्रतिभा पुरस्कार वितरण गर्ने जनाएको छ । कार्याक्रमको अवसर पारेर दमक प्रज्ञा प्रतिष्ठानले पुस्तकालय समेत उद्घाटन गरिने जानकारी दिएको छ । यस अघि मंसीर २५ गते वितरण गर्ने पुरस्कारलाई सँयुक्त कार्याक्रमा राष्ट्रपति भण्डारीको हातबाट बृहत कार्याक्रमबीच वितरण गरिने विज्ञप्तीमा उल्लेख्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २८० संक्रमित, ३६६ निकाेः २ जनाकाे मृत्यु
Next post ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब छैन : डब्ल्यूएचओ