हात्तीले लियो बृद्धको ज्यान

१ पौष २०७८/सारासन्देश समाचार
झापाको कन्काई नगरपालिकामा रहेको जामुनबाडी सामुदायिक बन क्षेत्रमा जंगली हात्तीले एक जना बृद्धको ज्यान लिएको छ । घाँस काट्न जानु भएको ७७ बर्षीय कृष्णबहादुर भुजेलको हात्तीले कुल्चेर ज्यान लिएको हो ।
बन क्षेत्र नजिकै घाँस काट्दै गरेको अवस्थामा हात्तीले घिसारेर लाँदै गर्दा कंक्रिट चिहानमा ठोकिएर बृद्धको मृत्यु भएको जामुनबारी सामुदायिक बनका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनु भयो । रार्इृका अनुसार घटना स्थलको प्रकृति हेर्दा बन क्षेत्रको ब्लक नं. २ लुइटेपानी क्षेत्रमा घाँस काट्दै गरेको अवस्थामा हात्तीले घिसार्दा चिहानमा ठोकिएर मृत्यु भएको हुन सक्ने बताउनु भयो ।
यस्तै २ महिना अघि विर्तामोड नगरपालिका वडा नं. ८ की लतुमाई मर्डीको निगुरो टिप्नेक्रममा जंगली हात्तीले किल्चेर मृत्यु भएको थियो । पछिल्लो समय झापाका जंगल क्षेत्र आसपासका बस्तीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आम्दानी बढ्न थाले पछि रबर खेतीमा आकार्षण (फाेटाे फिचर सहित)
Next post दमकका यूवाकाे हत्यारा चाँडो पत्ता लगाउन मागः हत्यारा फेला पर्ने प्रहरीकाे भनाइ