आम्दानी बढ्न थाले पछि रबर खेतीमा आकार्षण (फाेटाे फिचर सहित)

२९ मंसीर २०७८/डिकेश लामा

नेपालमा देशकै सवै भन्दा धेरै रबर खेती हुने झापा जिल्लामा बर्षेनी रबर खेती विस्तार हुनेक्रम बढेर गएको छ । खेती विस्तारले रबर उत्पादनमा बृद्धि भएसँगै आम्दानी बढ्न थाले पछि किसानको रबर खेती तर्फ आकार्षण बढ्दै गएको हो ।

प्रति केजी २ देखि २ सय ५० रुपयाँमा विक्री हुने रबर झापा जिल्लामा बर्षेनी उत्पादन बढ्दै गएको छ । तथापि माग अनुसार रबर दिन नसक्दा विदेशबाट आयात गर्नु पर्ने अवस्था रहेको लामो समय देखि रबरमा काम गर्दै आउनु भएका खेतीका प्राविधिक पीटी भूटियाले बताउनु भयो । भूटियाका अनुसार अहिले पनि म्यानमार र भियतनामबाट ठूलाे परिमाणमा रबर भित्रने गरेकाे छ । ३ बर्ष अघि भन्दा जिल्लामा ढेड सय हेक्टर क्षेत्रफल धेरै रबर विस्तार भईसकेको छ । लगाइएका विरुवाहरु बयस्क हुँदै जानु र प्रविधिको उचित प्रयोग हुन थाले रबर उत्पादन समेत बढ्न थालेको छ । उत्पादन बढेसँगै किसान र रबरमा काम गर्ने कर्मचारीलाई समेत फाइदा हुँदै गएको उनीहरुले बताएका छन् । रबरमा काम गर्ने कर्मचारीका अनुसार खेतीकाे शुरूवातीमा मासिक ५ हजार मात्र कमाइ हुने गरेकाे भए पनि हाल अाएर १५ हजारसम्म अाम्दानी हुने गरेकाे छ ।

जिल्लामा ३ बर्ष देखि रबर जोन कार्यक्रम समेत संचालनमा आए पछि राज्यले प्रविधि, सिंचाई, धँुवाघर लगायतमा ५० प्रतिशत अनुदान उपलव्ध गराउँदै आएको छ । सरकारले सहयोग गर्न थाले पछि किसानहरु खेतीमा थप उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ अतर्गत रबर जोन कार्याक्रम झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार बार्षिक १ लाख ७३ हजार केजी अर्थात ४० करोड भन्दा धेरै मुल्यको रबर उत्पादन हुँदै आएको छ । खेर गएको जमिनमा लगाइएको रबरबाट राम्रो आम्दानी हुन थाले पछि किसानहरु खेतीमा थप आकार्षित बन्दै गएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २८० संक्रमित, ३०० निकाेः ६ जनाकाे मृत्यु
Next post हात्तीले लियो बृद्धको ज्यान