दमकका युवा पराजुलीको हत्याका अभियुक्त पक्राऊः ३ महिना अघि भएको झगडाको रीसइवीका कारण हत्या गरेको खुलसा


२ पौष २०७८, सारासन्देश समाचार
झापाको दमकका भएको युवाको हत्या घटनाको अभियुक्त पक्राउ परेका छन् । हत्या गरेको आरोपमा दमक वडा नं. १ का २० बर्षीय अर्जुन लिम्बुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्तको आरोपमा पक्राउ परेका लिम्बुले ३ महिना अघि भएको झगडाको सिरइवीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनासम्बन्धी गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताउनु भयो ।

गएको बुधबार साँझ सवा ७ बजे तिर दमक वडा नं. २ का २५ बर्षीय प्रकाश पराजुलीको निजले काम गर्दै आएको पसल नजिक रहेको धारामा पानी थापेर फर्कनेक्रममा धारिलो हतियार दाउले घाँटी र अनुहारमा प्रहार गरी हत्या भएको गरिएको प्रहरीले जानकारी दिएको छ । लिम्बुलाइ हिजै नियन्त्रणमा लिएर अावश्यक अनुसन्धान गर्दा नीजले हत्या गरेकाे खुलासा गरे पछि अाज सार्वजनिक गरिएकाे हाे । हत्या गरेकाे घटना स्थानमा प्रहरीले झाेला बाेकेर एक यूवा फरार भएकाे भिडियाे फेला पारे पछि घटना सम्बन्धी अनुसन्धान गर्न सहज भएकाे इलाका प्रहरी कार्यलय दमक प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८४ संक्रमित, २६७ निकाेः २ जनाकाे मृत्यु
Next post नेपालमा आज २७४ संक्रमित, २७० निकाेः ३ जनाकाे मृत्यु