प्रथम अध्यक्ष कप आज देखि दमकमा शुरुः पहिलाे खेलमा मंगलबारे विजयी (फाेटाे फिचर सहित)


मंगलबारे फुटवल क्लव विजयी
४ पुस २०७८/पर्वत तामाङ

झापाको दमक नगरपालिकामा आज देखि प्रथम अध्यक्ष गोल्ड कप २०७८ शुरु भएको छ । विभिन्न जिल्लाका क्लव स्तरीय ८ वटा टीम सहभागिता रहेको खेलमा आज झापाको मंगलबारे फुटवल क्लव विजयी बनेको छ ।
मोरङ्गको भाउनेलाई शून्यको विरुद्ध ३ गोल गर्दै मंगलबारेले जित आफ्नो पोल्दामा पारेको हो ।

विजयी टिमको तर्फबाट खेलको दोस्रो हाफको ४४ र ४५ मिनेटमा एनएस मगरले २ गोल गर्न सफल भए । कडा प्रतिस्पर्धाको बीचमा भएको खेलमा पुन विजयी टीम मंगलबारेका खेलाडी रोहन कार्कीले ६७ औं मिनेटमा अर्को गोल थपेर फराकिलो अन्तरमा विजय सुनिश्चित गर्न सफल बन्यो । खेलमा विजयी टीमका एनएस मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

आजको उद्घाटनका कार्याक्रमका प्रमुख अतिथि रहनु भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले खेल क्षेत्रको विकासमा स्थानीय सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो । उहाँले आगामी दिनमा खेलको विकासमा थप जोड दिइने बताउनु भयो । खेलमा भूटानी शरणार्थी शिविरबाट अमेरिका पुगेर अन्तराष्ट्रिय स्तरको रेफ्री बन्न सफल जितु काका बस्नेतलाई सम्मान समेत गरिएको छ ।

प्रस्तावित मदन भण्डारी रंगशाला चुलाचुलीमा शुरू भएकाे आगामी ११ गतेसम्म हुने खेलमा विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गर्ने खेल समितिका संयोजक कार्याक्रमका सभापति दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बराले बताउनु भयो । भोली आयोजक र चुलाचुली फुटवल क्लव इलामबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप (कुन कुन जिल्लामा कहाँ र कहिले हेर्नुहाेस् तालिका सहित)
Next post नेपालमा आज १८१ संक्रमित, २८९ निकाेः १ जनाकाे मृत्यु