अवको पत्रकारिता र भूमिका सम्बन्धी झापामा अन्तकृया (फाेटाे फिचर सहित)


९ पौष २०७८/सारासन्देश समाचार
अबको पत्रकारिता र भूमिका के हुनु पर्छ भन्ने विषयमा झापामा अगुवा पत्रकारहरुबीच आज अन्तकृया कार्याक्रम भएको छ । नेपाल पत्रकार महासंघ झापाको ३३ औं स्थापना दिवशको अवसरमा महासंघका पूर्व अध्यक्ष तथा अगुवा पत्रकारहरुबीच अन्तकृया गरिएको छ ।

३३ अाैं स्थापना दिवशकाे अवसरमा ३३ वटा मैनबती बालेर शुरू गिरएकाे अन्तकृयामा पिछाडिएका समूदायका समस्या र मुद्धालाई अझै पनि समेट्न नसकिएको उनीहरुलाई समेट्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो प्रविधि अनुसार आफूलाई विकसित गर्दै आचारसंहिता पालानामा दृढ भएर लाग्नु पर्नेमा जिल्लामा पूर्व अध्यक्षहरुले बताएका छन् ।
कार्याक्रममा अगुवा पत्रकार तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्य, चिन्तामणी दाहाल, कृष्ण हुँमागाईं, मोहन काजी, लिला बराल लगायतले पत्रकारितालाई मर्यादित बनाउँदै लानु पर्नेमा जोड दिनु भएको छ । महासंघको झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्याक्रमा महासंघका संस्थापक कार्यसमिति सदस्य केशव आचार्य र गोविन्द अधिकारी गुलाफलाई सम्मान समेत गरिएको छ ।

महासंघका सचीव डिकेश लामाले संचालन गरेको कार्याक्रममा समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज तिर्थ सिग्देल, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाल, प्रेश युनियनका प्रतिनिधि राजेन्द्र गौतम्, फोनिजका प्रदेश एक संयोजक तथा राष्ट्रिय परिषद सदस्य दिपीन राई, राष्ट्रिय परिषद सदस्य रेजिना गौतम्, प्रदेश समिति सदस्य लिलाराज झापाली, जिल्ला कार्य समिति सह सचीव अर्जुन राजवंशी लगायतले पत्रकारिता सुधारमा सवै जिम्मेवारी हुनु पर्ने र त्यसका लागि महासंघल जिम्मेवार भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् । झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेर शुरु गरिएको कार्याक्रममा उपाध्यक्ष शुशिला संग्रोला र कार्या समिति सदस्य स्वस्तिका आचार्यले अन्तकृयाका विषयलाई टिपोट गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिव सताक्षीमा विकासको लहरः शिल्यान्यासले स्थानीयमा खुशी (फाेटाे फिचर सहित)
Next post आयोजक दमक फाइनलमा