
फाइनलमा पथरी र आयोजककाे भिडन्त हुने
९ पुस २०७८/पर्वत तामाङ
झापाको दमक नगरपालिकामा जारी प्रथम वडा अध्यक्ष कप २०७८ को आज भएको खेलमा सामाजिक क्लव काठमाण्डौंलाई शून्यको विरुद्ध १ गोल गर्दैै आयोजक दमक फाइनलमा प्रवेश गरेको छ । खेलको २९ औं मिनेटमा जर्सी नम्बर ९ का गणेश हेमरमले गरेको गोल नै आयोजक टीमका लागि जितको निर्णायक गोल बन्न पुग्यो । खेलामा हेमरमलाई नै म्यान अफ दि म्याच घोषित गरिएको छ ।
पर्सी आयोजक दमक र पथरी स्पोर्टिङ्ग क्लवबीच फाईनल खेल हुने खेलका सहायक रेफ्री शुशिल तामाङले बताउनु भयो । फाइनल खेलमा विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गर्ने खेल समितिका संयोजक दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो ।
