
९ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ६० संक्रमित थपिएका छन् । देशभर ११ हजार ८ सय ९८ जनाको नमूना परीक्षण हुँदा २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ८० जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ४८ रहेकाे छ ।
