पथरीको पोल्टामा दमक वडा अध्यक्ष कप २०७८ (फाेटाे फिचर सहित)

११ पुस २०७८/बालदिवश तामाङ
झापाको दमक नगरपालिकामा जारी प्रथम वडा अध्यक्ष कप २०७८ को उपाधी पथरी स्पोर्टिङ्ग क्लव मोरङ्गको पोल्टामा परेको छ । आज भएको फाइनल खेलमा आयोजक दमकलाई ४ गोलको विरुद्ध ५ गोल गर्दै ट्राइवे्रकरमा विजय हात पारेको हो ।

default

निर्धारित समयमा दुवै टीमबाट १/१ गोल भए पछि खेल ट्राइवेकरमा प्रवेश गरेको थियो । खेलमा पहिलो गोल खेलको २७ औं मिनेटमा आयोजक टीम का सौरभ लिम्बुले गरेका थिए । यस्तै विजयी टीम पथरीले खेलको इन्जुरी समयको सदुपयोग गर्दै विशाल पाण्डेले गोल गरेका थिए । खेल बराबरी भए पछि टाइव्रेकरमा निमन लिम्बुले गरेको गोल नै निर्णायक गोल बनेको थियो । खेलमा आयोजकको तर्फबाट उत्कृष्ट गोल रक्षक योगेश धिमाल, उत्कृष्ट डिफेन्डर विक्रम राई, उत्कृष्ट मिड फिल्डर पारास कार्की, उत्कृष्ट स्टाइकर सौरभ लिम्बु र सर्वोत्कृष्ट खेलाडी अजय मण्डल घोषित भएका छन् । यस्तै उत्कृष्ट कोचमा पथरीका लालबहादुर लिम्बु र हाई स्कोरर निरज परियार घोषित भएका छन् । उनीहरुलाई जनही नगद ५ हजार र ट्रफी कार्याक्रमका अध्यक्ष दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले प्रदान गर्नु भयो ।

खेलमा विजेता पथरीले १ लाख ११ हजार र उपविजेता आयोजकले ५५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विकासका विरोधीले सरकार ढाल्योः ओली (फाेटाे फिचर सहित)
Next post नेपालमा आज २७१ संक्रमित, २२५ निकाेः १ जनाकाे मृत्यु