विकासका विरोधीले सरकार ढाल्योः ओली (फाेटाे फिचर सहित)


११ पौष २०७८/सारासन्देश समाचार

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विकासका विरोधीहरु मिलेर आफ्नो सरकार ढालेको आरोप लगाउनु भएको छ । आज उहाँको गृह नगर समेत रहेको दमक नगरपालिका क्षेत्रका विभिन्न विकासका गतिविधिको अवलोकन गर्नेक्रममा निर्माणधीन भ्यूटावरको सभामा बोल्दै ओलीले आफ्नो सरकारले तय गरेको विकासका कार्यहरु बर्तमान सरकारले हटाउँदै लगेको बताउनु भयो ।

उहाँले आफूले थालेका मदन भण्डारी रंगशालामा विकास विरोधीले काममा अवरोध गर्न खोजेको बताउनु भयो । कमलको पाडाजुँगी बन्न नसकेको रंगशाला दमकमा बनाउन खोजेको र त्यो कार्यमा समेत गठबन्धन सरकारले अवरोध गरेको बताउनु भयो । तर दमकको हंसे दुम्से सामुदायिक बन क्षेत्रमा भने रंगशाला बनाएरै छाड्ने उहाँले बताउनु भयो । यस्तै सोही क्षेत्रमा विश्वको अग्लो बुद्धको मुर्ति बनाउने काममा भने केही ढिलाई भइरहेको बताउनु भयो ।

यस्तै उहाँले पूर्व पश्चिम रेलमार्गको काम समेत चाँडै शुरुवात हुने बताउनु भयो । जसका लागि चाँडै नै जग्गाको मुआव्जा प्रकृया अगाडि बढ्ने उहाँले बताउनु भयो । उहाँले अर्को प्रसङ्गमा आफ्नो सरकार ढालेर प्रचण्ड, नेपाल लगायतका नेताहरु दशैंमा केटाकेटी रमाए जस्तो आँगन निस्केर फुरफुर गर्दै नाच्न थालेको बताउनु भयो ।

ओली सहित नेकपाका साँसद तथा पूर्व प्रदेश मन्त्री सहितको टोलीले दमकको गोल्डेन गेट र अक्सिजन ग्याँस प्लान्ट उदघाटन, दमक अस्पताल र निर्माणधीन भ्यूटावरको अवलोकन तथा ३३ वटा जनता आवासको साँचो हस्तान्तरण गरिएको छ । यस्तै आजै अपाङकेन्द्र र निशुल्क स्वास्थ्य शिविर कार्याक्रममा सहभागिता र अवलोकन गर्ने काम भएको दमक नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २१९ संक्रमित, २८३ निकाेः २ जनाकाे मृत्यु
Next post पथरीको पोल्टामा दमक वडा अध्यक्ष कप २०७८ (फाेटाे फिचर सहित)