१४ पाैष २०७८,काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा २ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी ७ हजार ६ सय ८ परीक्षणमा २ सय २० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा २ सय ५३ जना निको भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ६४ रहेको छ ।
