
१५ पाैष २०७८,काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी ८ हजार ८ सय ९७ परीक्षणमा २ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा २ सय २८ जना निको भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा कसैले पनि मृत्यु बरण गर्नु नपरेकाे मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७१ रहेको छ । अाज ५६ हजार १ सय १२ जनाले खाेप लगाएका छन् ।
