टोपी दिवशमा दमकमा शताब्दी पुरुषलाई सम्मान (फाेटाे फिचर सहित)

१७ पौष २०७८/सारासन्देश समाचार
राष्ट्रिय टोपी दिवशको अवसरमा आज झापाको दमकमा १०८ बर्षीय जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जीवन चक्र समाज नेपालको आयोजनामा भएको कार्याक्रममा विक्रम सम्बत् १९७० साल वैशाख २९ गते तत्कालिन बागलुङ्ग जिल्ला देवीस्थान गाविस वडा नं. ६ मा जन्मनु भइ हाल कमल गाउँपालिका वडा नं. ५ झापामा बसोबास गर्दै आउनु भएका रणबहादुर कार्कीलाई शताव्दी पुरुषको उपाधीले सम्मान गरिएको समाजका अध्यक्ष गणेश गौतमले बताउनु भयो ।

३५ बर्ष भारतीय सेनामा कार्य गर्नु भएका शताव्दी पुरुष कार्कीको ६ छोरा ४ छोरी सहित ७० जना नातानातिनी रहेका छन् । उहाँको जेठा छोरा दुर्गाबहादुर कार्कीको उमेर ७९ बर्षको रहेको नाती सूर्यबहादुर कार्कीले बताउनु भयो ।

प्राध्यापक डाक्टर राम उप्रेतीको प्रमुख आथित्यमा भएको कार्याक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान प्रदेश नम्बर १ का अध्यक्ष कोमल प्रसाईं, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी लगायत सामाजिक अगुवाहरुले टोपीको महत्वबारे बोलेका छन् । टोपी नेपालीको पहिचान भएकाले यसको महत्वलाई उजागर गर्दै विश्वव्यापी गर्नु पर्नेमा बक्ताहरुले जोड दिएका छन् । टोपी दिवशको अवसरमा जिल्लाका विभिन्न स्थानमा कार्याक्रम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्राङगरिक खेतीका लागि गड्यौले मल उत्पादनमा जोड (फोटो फिचर सहित)
Next post नेपालमा आज ३८२ संक्रमित, २५२ निकाे