प्राङगरिक खेतीका लागि गड्यौले मल उत्पादनमा जोड (फोटो फिचर सहित)


१६ पौष २०७८/ बालदिवश तामाङ

प्राङगरिक खेतीमा लागेका किसानले आफूहरुलाई चाहिने मल आफै उत्पादन थालेका छन् । रासायनिक मलको प्रायेग हटाएर प्राङगरिक खेती गर्ने किसानले व्यवसायिकरुपमै गड्यौले मल उत्पादन थालेका हुन् । हरेक बर्ष रासायनिक मलको अभाव झेल्नु पर्ने समस्या आइरहँदा झापाका केही किसानले गड्यौले अर्थात भर्मिक कम्पोष्ट मल उत्पादन थालेका छन् । झापाको दमक वडा नं. ९ मा २ बर्ष देखि प्राङगरिक मिसन कार्याक्रम अन्तर्गत सामुहिक खेती थालेका सेतुमारी कृषि सहकारीले आफैले गड्यौले मल उत्पादन गरेर प्रयोग गर्न थालेको खेतीका संयोजक अर्जुन निरौलाले बताउनु भयो । निरौलाका अनुसार प्राङगरिक मिसन अन्तर्गत कृषि ज्ञान केन्द्र मार्फत ३० लाख हाराहारीमा यस अघि अनुदान दिइएकाले भर्मिक कम्पोष्ट गृह निर्माण गरी बृहतरुपमा गड्यौले मल उत्पादन थालेको बताउनु भयो ।

यस्तै यता दमक वडा नं.३ मा १६ विगाह क्षेत्रमा गरिएको प्राङगरिक खेतीका लागि मलमा आत्मानिर्भर बन्न बृहत भर्मिक मल उत्पादन थालिएको छ । माटो र मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यो मलको उत्पादनमा जोड दिइएको खेतीका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो । उहाँले १६ विगाह क्षेत्रमा पुग्ने गरी ठूलो परिमाणमा प्राङगरिक गड्यौले मल उत्पादन गरिएको बताउनु भयो । यस्तै झापा जिल्लामा पछिल्लो समय व्यवसायिकरुपमा तरकारी, नर्सरी र फलफुल खेती गर्ने किसानले प्राङगरिक मल उत्पादनलाई प्राथमिकता दिन थालेका छन् ।

बर्षेनी रासायनिक मलको अभाव र माटोको अवस्था समेत विग्रदै गए पछि किसानहरुले पछिल्लो समय प्राङगरिक मल उत्पादनलाई जोड दिन थालेका हुन् । कमल वडा नं. २ मा रहेको आपीएम कृषि सहकारी संस्थाले व्यवसायिकरुपमै ३ बर्ष देखि मल उत्पादन थालेको संस्थाका अध्यक्ष याम राईले बताउनु भयो । राई अनुसार संस्थाले ढुषी नासक विषादी टाइकोड्रमा समेत उत्पादन र विक्री वितरण गर्दै आएको बताउनु भयो । जसको माग प्रदेश नम्बर एकमै उच्च रहेको छ ।

सरकारले ३ बर्ष देखि शुरु गरेको बृहत प्राङगरिक मिसन कार्याक्रमले किसानहरु अर्गानिकउन्मुख खेती तर्फ लाग्न थालेका छन् । जसका लागि रासायनिक मलको प्रयोग हटाउँदै लगेकाले भर्मिक कम्पोष्ट मल उत्पादनमा जोड दिन थालेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २३५ संक्रमित, २१२ निकाेः ४ जनाकाे मृत्यु
Next post टोपी दिवशमा दमकमा शताब्दी पुरुषलाई सम्मान (फाेटाे फिचर सहित)