नेपालमा निको हुने दर ९४ दशमलव ११ प्रतिशत पुग्याे

२३ मंसीर २०७७, काठमाडौं- नेपालमा केही दिन देखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु संख्या बढिरहकाे छ । केही दिन यता काेराेना भाइरसबाट निको हुने दर ९४ दशमलव ११ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे चाैबीस घण्टामा एक हजार ६२१ जना सङ्क्रमितहरु निको भएका छन् । हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएको जनाएको छ ।

यस्तै, थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संक्रमितमध्ये ५२३ जना क्वारेन्टिनमा रहेका छन । यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चीन सरकारद्वारा ५० करोड अमेरिकी डलर थप अनुदान, याे बर्षकाे अन्त्यसम्म ६० कराेड डाेज खाेप तयार हुने
Next post नेपालमा आज १४८३ जना निकाे १०५६ संक्रमित