
२४ मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज थप १ हजार ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षणमा गरिएकाे हो । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३० हजार ५ सय ३७ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ ।
यसैगरी कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेकाे छ ।
