अनुदानले केरा खेतीमा आकार्षण बढ्दोः यस बर्ष २५ लाख बजेट विनियोजन

२३ पौष २०७८/डिकेश लामा

झापामा पछिल्लो समय किसानले धान खेत मासेर केरा खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । धान भन्दा केरा खेतीबाट तेब्बर आम्दानी हुने भए पछि किसानले धानको सट्टा धमाधम केरा खेती विस्तार गर्न थालेका हुन् । चालु आर्थिक बर्षमा केरा व्लक कार्याक्रम अन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको छ । यस बर्ष झापा गाउँपालिका क्षेत्रमा थप एक सय हेक्टर विस्तार गर्ने गरी कार्याक्रम स्वीकृत गरी धमाधम खेती विस्तार भईरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो । सिंहका अनुसार बर्षेनी केरा खेतीमा किसानको आकार्षण बढ्दै गएकाले झापा जिल्ला केरामा आत्मा निर्भर बनेको बताउनु भयो ।

यस अघि प्रदेश सरकारको सहयोगमा केरा भण्डारण र संकलनका लागि ८ लाख रुपयाँ अनुदानमा घर निर्माणमा गरिएको छ । यस बर्षको अनुदानमा खेती विस्तार र ढुवानीका लागि साधान खरिद गरिने व्लक कार्याक्रम संचालन गर्दै आउनु भएका खेतीका अगुवा चन्द्रप्रसाद बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार सरकारले गरेको अनुदानले किसानलाई खेती विस्तारमा ठूलो टेवा पुगेको बताउनु भयो ।

धान खेती गर्दा एक विगाह क्षेत्रमा राम्रो उत्पादन हुँदा एक लाख रुपयाँसम्म हुन्छ । तर केरा खेतीबाट एक विगाह क्षेत्रमा ३ देखि ४ लाख रुपयाँसम्म आम्दानी गर्न सकिने हुँदा किसानको खेती तर्फ बर्षेनी आकार्षण बर्षेनी बढ्दै गएको बाह्रदशीमा बृहत केरा खेती गर्दै आएको दुर्गामाटा कोला खेतीका अध्यक्ष लक्ष्मी चिमरियाले बताउनु भयो । पछिल्लो केही बर्ष यता झापा जिल्ला केरामा आत्मा निर्भर बनेको छ । झण्डै १९ सय हेक्टर क्षेत्रफलमा उत्पादन हुने ३६ हजार मेट्रिक टन हाराहारी केराले काठमाण्डौंसम्मको बजार लिने गरेको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज हिजाे भन्दा झण्डै दाेब्बरले काेराेना बृद्धिः २४ जनामा ओमिक्राेन पुष्टि
Next post नेपालमा आज ९४४ संक्रमित, २९७ निकाे