
२४ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ९ सय ४४ संक्रमित थपिएका छन् । देशभर १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण हुँदा ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ९७ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार १ सय ४० जना रहेकाे छ ।
