नेपालमा आज एक दिन ४६३६ नयाँ संक्रमित थपिएः एकै दिन ४ लाख बढीले लगाए खाेप

१ माघ २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहर शुरू भए यता गत २४ घण्टामा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । याे संख्या हिजाे भन्दा अधिक बढेकाे हाे । देशभर १४ हजार ५ सय ५६ जनाको नमूना परीक्षण हुँदा ४ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । विगत १० दिन देखि संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । सोही अवधिमा ३ सय ५० जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या २१ हजार ५ सय ८४ पुगेकाे छ ।
यसैगरी आज ४ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय १७ जना पुगेकाे छ । आज एकै दिन नेपालमा ४ लाख ३५ हजार १ सय ९३ जनाले खाेप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कुरिलो खेतीमा आकार्षण झापामा बर्षेनी खेती विस्तार बढ्दै (फाेटाे फिचर सहित)
Next post भीरपाखामा फल्ने तरुलको राम्रो बजारः कन्काईमा स्नान गर्नेको ठूलो भीड (फाेटाे फिचर सहित)