भीरपाखामा फल्ने तरुलको राम्रो बजारः कन्काईमा स्नान गर्नेको ठूलो भीड (फाेटाे फिचर सहित)


१ माघ २०७८/डिकेश लामा

बनमा पाइने तरुल भ्याकुर खाने पर्वको रुपमा लिइने माघे संक्रातीलाई लक्षित गरी जंगलका तरुल खोजेर यूवाहरुले आम्दानी समेत गर्ने गरेका छन् । माघ १ गते मनाउने माघे संक्राती पर्वमा भीरपाखामा फल्ने तरुलको माग अधिक हुने भएकाले यो वेला बजारमा तरुल विक्री गर्नेहरुको भीड लाग्ने गर्दछ । झापाको दमक वडा नं. ३ का विष्णुकुमार राई माघ लाग्नु एक दुई अघि देखि जंगलमा समूह बनाएर बन तरुल खोज्न निस्कनु भयो । पूर्खा देखि नै माघे संक्रातीमा बन तरुल खाने चलन भएकाले बनमा तरल खोज्न निस्किएको उहाँले बताउनु भयो । बनमा धेरै तरुल निकाल्नेले बजारमा विक्री गर्न समेत भ्याएका छन् । दमक वडा नं. १० का धनकुमार घिमिरेको समूहले बनमा खोजेको तरुल बजारमा विक्री गरेर आम्दानी समेत गरेका छन् ।

यस बर्ष झापाका बजारमा प्रसस्त तरुलहरु निकालिएका छन् । विगत बर्ष भन्दा यस बर्ष बजार तथा यातायत सहज भएकाले पहाडी क्षेत्रबाट समेत तरुलहरु ल्याएकाले खासै बजारमा मुल्य उच्च नभएको व्यवसायीले बताएका छन् ।
किराँत तथा आदिबासी समूदायको नयाँ बर्षको रुपमा मानिने माघे संक्रातीलाई मकर अर्थात माघी नामले समेत चिनिन्छ ।

यस पर्वमा मकर नुहाउने, बन तरुलको टिका लगाउने र खाने चलनले भीरपाखामा फल्ने तरुलको समेत यो वेला राम्रो मुल्य आउने गरेको व्यवसायीले बताएका छन् । यसैगरी आज झापाको कन्काई नदिमा मकर नुहाउनेहरुको भीड लागेको छ । सरकारले २५ जना भन्दा धेरै भेला हुने मेला महोत्सव जस्ता कृयाकलाप नगर्न निर्देशन गरे परे पनि त्यसको खासै पालना भने भएको छैन । मेला नलागे पनि व्यापक भेला र भीड बढेकाले कोरोना संक्रमण फैलने खतरा बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एक दिन ४६३६ नयाँ संक्रमित थपिएः एकै दिन ४ लाख बढीले लगाए खाेप
Next post नेपालमा आज एक दिन ४९६१ नयाँ संक्रमित थपिएः ३ जनाकाे मृत्यु