नेपालमा आज एकै दिन ११३५२ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु

५ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा १ हजार भन्दा धेरैलेले बढेकाे हाे । तेस्राे लहर शुरू भए यता याे संख्या अाजसम्मकै धेरै हाे । याे संख्या माघ महिनाकाे दाेस्राे सातासम्म २० हजार हाराहारीमा पुग्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । देशभर २३ हजार ४ सय ९ जनाको नमूना परीक्षण हुँदा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । विगत २ साता देखि संक्रमितकाे संख्या निरन्तर बढ्न थालेकाे हाे । सोही अवधिमा ६ सय १३ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे हाे । हाल सक्रीय संक्रमितहरूकाे संख्या ४७ हजार ९ सय २९ जना पुगेकाे छ ।
यसैगरी आज ४ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय २८ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेश एककाे नामाकरण हिउँदे अधिवेशनले टुङ्गाे लगाइने
Next post नेपालमा आज एकै दिन १२३३८ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु