नेपालमा आज एकै दिन १२३३८ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु

६ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका १२ हजार ३ सय ३८ जना संक्रमित थपिएका छन् । तेस्राे लहर शुरू भए यता याे संख्या अाजसम्मकै धेरै हाे । याे संख्या माघ महिनाकाे दाेस्राे सातासम्म २० हजार हाराहारीमा पुग्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । देशभर २७ हजार ४ सय ९७ जनाको नमूना परीक्षण हुँदा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६ सय ४९ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे हाे । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५७ हजार ३ सय ५८ जना पुगेकाे छ ।
यसैगरी आज ४ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ३२ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एकै दिन ११३५२ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु
Next post नेपालमा आज १०७०३ संक्रमित, ७६६ निकाेः ३ जनाकाे मृत्यु