हात्तीको आक्रमणबाट दमकमा एकजनाकाे मृत्यु
१२ माघ २०७८/सारासन्देश समाचार
झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक बन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दमकको वडा नं. ३ को रन्धोज चौक नजिकै कुलोमा पानी लगाउन जानेक्रममा दमक ३ निवासी ६३ बर्षीय गणेश प्रसाद अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले आज जारी सूचनामा उल्लेख्य गरेको छ ।
गए राती ९ः१५ बजेको समयमा जंगल नजिकको बाटोमा निस्किएको हात्तीले खेतमा पानी लाउन हिडेका अधिकारीलाई लछारपछार पार्दा उहाँको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय दमकको एक मात्र ठूलो हंसे दुम्से सामुदायिक बन क्षेत्रमा नियमित जस्तो हात्ती आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले ३ महिना यता जिल्लामा ३ जनाको ज्यान लिइसकेको छ ।
More Stories
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...