झापामा पहिलो पटकमै हाइव्रेड बयर खेतीमा सफलता (फाेटाे फिचर सहित)


१२ माघ २०७८/डिकेश लामा

फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापाको कमलमा पहिलो पटक सफलता प्राप्त गरेका छन् । नेपालमा व्यवसायिकरुपमा न्यून मात्र खेती हुँदै आएको एप्पल वेरी नामले चिनिने हाइवे्रड बयर खेती सफल बनेको छ । पछिल्लो समय भारतमा मात्र व्यवसायिक खेती गरिँदै आएको उन्नत प्रजातिको बयर खेतीको परिक्षण झापामा पनि सफलरुपमा भएको छ । यस बर्ष झण्डै १० लाख रुपयाँको खर्चमा कमल गाउँपालिका वडा नं. ४ किसान इन्द्रकुमार श्रेष्ठले ३ विगाह क्षेत्रमा रोपेको बयर राम्ररी फल्न थालेको छ । श्रेष्ठको अनुसार गत बैशाखमा ३ विगाह क्षेत्रमा लगाएको बयरले पहिलो चोटीमै फल्न थालेको छ । पहिलो बर्षको परिणाम हेर्दा आगामी साल देखि प्रति बोट ४ केजीसम्म फल्ने अनुमान गर्नु भएको छ । झापामा जिल्लामा पहिलो पटक गरिएको यो खेती प्रदेश नम्बर एकमै ठूलो क्षेत्रमा गरिएको हुन सक्ने अन्य किसानले बताएका छन् ।

बयर खेतीसँगै घुसुवाबालीको रुपमा तोरी खेती समेत गरिएको छ । बयरको बोट बयस्क नभइन्जेल एउटै जमिनमा दोहोरो खेती गर्न सकिने र खेतीले सफलता लिँदै आएको किसानले बताएका छन् ।
नेपालमा व्यवसायिकरुपमा खासै नगरिएको बयर खेती पछिल्लो समय झापाका किसानले थालेका हुन् । पहिलो पटक गरिएको खेतीले केही सफलता देखाएको बयर खेती गर्दै आएको किसानले बताएका छन् । एप्पल बेरी अंग्रेजी नामले चिचिने उन्नत जातको बयर पछिल्लो समय भारतमा व्यवसायिकरुमा खेती हुने गरेको देखेर झापाका केही किसानले खेती थालेका हुन् । पहिलो प्रयासमै राम्रो फल्न थाले पछि बयर खेती थप विस्तार खेती गर्न आफू समेत इच्छुक रहेको अर्का किसान भूप्रसाद बरालले बताएका छन् । बरालका अनुसार आगामी साल अझ राम्रो उत्पादन भए आफू पनि धान खेत मासेर हाइव्रेड प्रजातिको बयर खेती नै गर्ने बताउनु भयो ।

default

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोरोनाले दमक अस्पताल नै प्रभावित: इमरजेन्सी बाहेक सवै सेवा बन्द
Next post हात्तीको आक्रमणबाट दमकमा एकजनाकाे मृत्यु