झापामा पहिलो पटक प्राङगरिक खेती गर्ने किसानलाई अर्गानिक प्रमाणपत्र (फाेटाे फिचर सहित)

DCIM101MEDIADJI_0453.JPG

१३ माघ २०७८/डिकेश लामा
झापामा विगत ३ बर्ष देखि लगातार प्राङगरिक विधिबाट तरकारी खेती गर्ने किसानलाई पहिलो पटक प्रमाण पत्र दिने तयारी थालिएको छ । रासायनिक मल तथा विषादीको प्रयोगलाई हटाएर शुद्ध प्राङगरिक खेती गर्ने किसानलाई प्रमाणित गरी थप व्यवसायिक बनाउने तयारी थालिएको हो । पछिल्लो समय अर्गानिक तरकारीबालीले राम्रो बजार पाउन थाले पछि झापामा केही कृषि फार्महरुले ठूलो क्षेत्रमा तरकारी खेतीलाई जोड दिन थालेका छन् । लगातार ३ बर्ष देखि खेती गर्ने किसानलाई यस बर्ष पमाण पत्र उपलव्ध गराउने कार्याक्रम नै तय गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो । सिंहका अनुसार लगातार ३ बर्ष देखि प्राङगरिक खेती गर्ने किसानलाई अर्गानिक प्रमाण पत्र वितरण गर्दा उनीहरुको व्यवसायमा टेवा पुग्ने बताउनु भयो । झापामा पहिलो पटक अर्गानिक प्रमाण पत्र वितरणको कार्याक्रम तय गरिएकाले यसै आर्थिक बर्षमा प्राङगरिक तरिकाबाट खेती गर्ने किसानलाई प्रमाण पत्र वितरण गरिने उहाँले बताउनु भयो ।

झापा जिल्लामा सरकारले ठूलो रकम खर्च गरेर प्राङगरिक मिसन कार्यक्रम संचालन गरेको ३ बर्ष भएको छ । दमक नगर पालिका वडा नं. ३ मा १७ विगाह क्षेत्रमा प्राङगरिक खेती गर्दै आएको मानसरोबरले यस बर्ष अर्गानिक खेतीको प्रमाण पत्र लिएर बजार समेत छुट्टै संचालन गर्ने तयारी गरेको संस्थाका अध्यक्ष विश्वनाथ बरालले बताउनु भयो । प्रमाण पत्र वितरणका लागि आवश्यक बजेट र कार्याक्रम समेत निर्धारण भएकाले चाँडै सहकारीले अर्गानिक प्रमाण पत्र पाउनेमा आफू ढुक्क रहेको उहाँले बताउनु भयो ।
default

मानव स्वास्थ्य र वातावरणलाई ध्यान दिँदै व्यवसायिक प्राङगरिक खेती विस्तार गर्ने किसानको संख्या जिल्लामा बढ्दै जान थालेको छ । रासायनिक विषादीले असर गर्ने भन्दै प्राङगरिक खेतीलाई जोड दिन थालेको किसानले बताएका छन् । पूर्वी नेपालमा धरानका सोताङ कृषि फार्मका कृष्ण राई अर्गानिक खेतीका पुराना किसानको रुपमा परिचित रहेका छन् । राईका अनुसार सरकारले अर्गानिक खेती गर्ने किसानलाई प्रमाणित गरी छुट्टै बजारको व्यवस्थापन र मुल्य निर्धारण गर्न सके धेरै किसान र उपभोक्ता अर्गानिकउन्मुन खेती र उत्पादनमा लाग्ने बताउनु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले मल, विऊ र आर्थिक अनुदान दिन थाले पछि अर्गानिकउन्मुख खेतीमा लाग्न थालेका हुन् । पछिल्लो समय उपभोक्ताले पनि प्राङ्गरिक खेतीबाट उत्पादित तरकारीबाली नै खोज्न थालेकाले यसलाई प्रमाणित गरे बजार मुल्यमा सहजता आउने किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८०१७ संक्रमित, ५२९२ निकाेः १५ जनाकाे मृत्यु ( स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)
Next post नेपालमा आज ६८२७ संक्रमित, ५४३२ निकाेः १० जनाकाे मृत्यु ( स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)