
१४ माघ २०७८, काठमाण्डाैं– नेपालमा काेराेनाकाे तेस्राे लहरका कारण आज ६ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १९ हजार ८ सय ६९ जनाकाे नमूना परीक्षण हुँदा ६ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ८९ हजार ९ सय ४१ जना पुगेकाे छ । आज नेपालमा १० जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ९७ पुगेकाे छ ।

