बाउले चलाएको ट्याक्टरले किच्दा छोरीको मृत्यु

१५ माघ २०७८, झापा
कनकाई नगरपालिका वडा नं. ७ का दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरमा पसेर नाबािलका छाेरीकाे मृत्यु भएकाे छ ।
आज दिउसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जानकारी दिएकाे छ ।
दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । हाल टयाक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा सवै भन्दा धेरै खेती हुने झापामा सुपारी खेतीमा थप आकार्षण बढ्दै
Next post खुशीकाे खबर तेस्राे लहर शुरू भए यता नेपालमा पहिलाे पटक निकाे हुने बढे (स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)