
१५ माघ २०७८, झापा
कनकाई नगरपालिका वडा नं. ७ का दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरमा पसेर नाबािलका छाेरीकाे मृत्यु भएकाे छ ।
आज दिउसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जानकारी दिएकाे छ ।
दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । हाल टयाक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।
