खुशीकाे खबर तेस्राे लहर शुरू भए यता नेपालमा पहिलाे पटक निकाे हुने बढे (स्वास्थ्य मन्त्रालयकाे तालिका सहित)

१५ माघ २०७८, काठमाण्डाैं– नेपालमा आज तेस्राे लहर शुरू भए यता पहिलाे पटक संक्रमित भन्दा निकाे हुनेकाे संख्या धेरै भएकाे छ । आज ५ हजार ९ सय २४ जना निकाे हुँदा ४ हजार ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १४ हजार ५ सय ६२ जनाकाे नमूना परीक्षण हुँदा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पनि दुइ दिन यता सक्रीय संक्रमितकाे संख्या केही घट्न थालेकाे छ । २ दिन अघि ९२ हजार हाराहारीमा पुगेकाे सक्रीय संक्रमितकाे संख्या आज ८७ हजार ३ सय २९ मा झरेकाे छ । आज नेपालमा ६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाउले चलाएको ट्याक्टरले किच्दा छोरीको मृत्यु
Next post नेपालमा आज ३५४० संक्रमित,६३५९ निकाेः ३२ जनाकाे मृत्यु (तालिका सहित)