१५ माघ २०७८, काठमाण्डाैं– नेपालमा आज तेस्राे लहर शुरू भए यता पहिलाे पटक संक्रमित भन्दा निकाे हुनेकाे संख्या धेरै भएकाे छ । आज ५ हजार ९ सय २४ जना निकाे हुँदा ४ हजार ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १४ हजार ५ सय ६२ जनाकाे नमूना परीक्षण हुँदा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पनि दुइ दिन यता सक्रीय संक्रमितकाे संख्या केही घट्न थालेकाे छ । २ दिन अघि ९२ हजार हाराहारीमा पुगेकाे सक्रीय संक्रमितकाे संख्या आज ८७ हजार ३ सय २९ मा झरेकाे छ । आज नेपालमा ६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *