
१६ माघ २०७८, काठमाण्डाैं– नेपालमा आज ३ हजार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १३ हजार १ सय ४५ जनाकाे नमूना परीक्षण हुँदा ३ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा ६ हजार ३ सय ५९ जना निकाे भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पनि तीन दिन यता सक्रीय संक्रमितकाे संख्या केही घट्न थालेकाे छ । ३ दिन अघि ९२ हजार हाराहारीमा पुगेकाे सक्रीय संक्रमितकाे संख्या आज ८३ हजार ९ सय ९९ मा झरेकाे छ । आज नेपालमा ४ दिनकाे छुटेकाे विवरण र विरेन्द्र अस्पतालबाट ढिला रिर्पाेट भएका १२ सहित ३२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ३५ पुगेकाे छ ।
