बनको निर्वाचनमा काँग्रेश र एमालेको एउटै प्यानल, गठबन्धनकाे माओवादी र समाजबादी फुटेर अर्कै प्यानलमा

अध्यक्षमा गुरागाँइ र बरालकाे भिडन्त


२० माघ २०७८/डिकेश लामा

झापाको दमकमा रहेको एक मात्र ठूलो हंसे दुम्से सामुदायिक बनको शनिबार निर्वाचन हुने भएको छ । लामो समय देखि बनमा राजनैतिक हुनु हुँदैन भन्ने माग उपभोक्ताले उठाउँदै आए पनि यस पटक पनि राजनैतिक गठबन्धनबाट नै निर्वाचनमा उम्मेद्वारहरु होमिएका छन् । यस पटक बनको निर्वाचनमा राष्ट्रिय राजनीतिमा दुई धु्रवमा विभाजित बनेको नेपाली काँग्रेश पार्टी र नेकपा एमालेको गठबन्धन चुनावमा एउटै प्यानल बनाएर उठेका छन् । काँग्रेशकाे प्यानलबाट नेकपा एमालेका चन्द्र प्रसाद गुराँगाईंलाई अध्यक्षको उम्मेद्वार बनाइएको छ । यस्तै राष्ट्रिय पजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा समाजबादी र संघीय लिम्बुवान प्रान्तीय मंच नेपालको प्यानलबाट राप्रपाका विजय बरालले अध्यक्षमा उम्मेद्वारी दिनु भएको छ ।

राष्ट्रिय राजनीतिमा काँग्रेशसँग गठबन्धन गर्ने भनेर चर्चामा आईरहेको नेकपा माओवादी केन्द्र र समाजवादी भने काँग्रेशबाट अलग भएका छन् । यो घटनाले काँग्रेश र एमालेको प्यानलले नजिकिँदै गएको स्थानीय निर्वाचनलाई समेत प्रभाव पार्ला कि भन्ने राजनैतिक अगुवाले विश्लेषण गर्न थालेका छन् । यस्तै उपाध्यक्षमा काँग्रेशको प्यानलबाट पदम लिम्बु र अर्को प्यानलबाट नन्दि दंगालले उम्मेद्वारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसै गरी सचीवमा काँग्रेश प्यानलबाट लता चापागाँई र माओवादी प्यानलबाट डिल्लिमाया पाठकले उम्मेदारी दिएका छन् । यता कोषाध्यक्षपदमा काँग्रेश प्यानलबाट पुरन अधिकारी ‘पवन’ र माओवादीबाट किरण कुमार भट्टराई र स्वतन्त्र भन्दै माओवादीका नरहरी दाहाल बाघी उम्मेद्वारी समेत दिएका छन् । यस्तै सहसचीव माओवादी प्यानलबाट सुष्मा अधिकारी र काँग्रेश प्यानलबाट सोम ढुङगानाले उम्मेद्वारी दिएका छन् । यस्तै सदस्यहरु २० जना सदस्यहरुको पदमा ५६ जना जनाले मनोनयन दर्ता गरेको कार्यालयका सचीव भोजकुमार भण्डारीले जानकारी दिनु भयो । यसैबीच ४ जना सदस्यहरु भने सर्वसम्मतिबाट चयन भईसकेका छन् । सर्वसम्मतबाट चयन भएकाहरु मध्ये वडा १ बाट नन्दप्रसाद घिमिरे, वडा नं. २ बाट जनजाति महिला कोटाबाट कल्पना राई, वडा ३ व्लक नं. ६ बाट विष्णु धिमाल र वडा ३ व्लक नं. ७ बाट महिला कोटामा मालती गिरी सर्वसम्मतीबाट चयन हुन् ।
ढुकुरपानी माविका प्रधानाध्यपक कृष्ण भण्डारीको संयोजनमा निर्माण भएको निर्वाचन मण्डलले आज उम्मेद्वारीको दावी विरोध गर्ने समय दिएको थियो ।
६ सय १७ हेक्टर क्षेत्रफलमा रहेको हंसेदुम्से सामुदायिक बनमा व्लक नम्बर १ देखि ७ सम्मबाट परिषद सदस्य १५९ जना परिषद सदस्य यस अघि राजनैतिक भागबण्डाबाट चयन भएका छन् । दल र उपभोक्ताबाट निर्वाचन गरेर परिषद सदस्य छान्ने विधानमा उल्लेख्य भए पनि राजनैतिक भागबण्डाबाटै परिषद सदस्यहरु छनौट गरिँदै आएको छ । पटक पटक उपभोक्ताबाट निर्वाचन गरेर बनमा राजनीतिकरण हुनु हुँदैन भन्दै आए पनि राजनैतिक दलहरुले उपभोक्ताको मागलाई पुरा हुन नदिएको बनमा अगुवा सदस्यहरुले बताउँदै आएका छन् ।
परिषद सदस्य बन क्षेत्रको भूगोलमो प्रभाव हेरेर कति सदस्य छान्ने भन्ने निर्धारण गरिएको छ । परिषद सदस्यहरु व्लक नम्बर १ र २ बाट १०/१० जना, ३ नम्बर व्लकमा ४० जना, ४ मा १९ जना, ५ मा ४० जना तथा ६ र ७ मा २०/२० जना सर्वसम्मतरुपमा राजनैतिक भागभण्डाबाट छनौट भएका छन् ।

बाघी उम्मेद्वारी दिने दाहाललाई ‘रातो कार्ड’

यसैबीच पार्टीहित विपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको छ । पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिनु भयो । दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताउनु भयो । यो माओवादी केन्द्र दमकको नयाँ अभ्यास हो । विगतमा मूल्यांकन पद्धति नहुँदा पार्टीमा अराजकता र निरासा बढेको अध्यक्ष बस्नेतको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकका दृष्टिविहीनले थाले आफ्नै चप्पल उद्योग संचालन (फाेटाे फिचर सहित)
Next post काँकडभिट्टा बजारमा जुत्ता कारखानामा आगलागी हुँदा ९ करोड बढीको क्षति (फाेटाे फिचर सहित)