दमकका दृष्टिविहीनले थाले आफ्नै चप्पल उद्योग संचालन (फाेटाे फिचर सहित)
२० माघ २०७८/सारासन्देश समाचार
झापाको दमकमा रहेका दृष्टि विहीनहरु स्वावलम्बी बन्न थालेका छन् । दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण गर्न थालेको उनीहरुले बताएका छन् । आज एक औपचारिक कार्याक्रम गर्दै दृष्टिविहीनहरुले चप्पल कारखानाको उद्घाटन गरेका छन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले चप्पल उद्योगको उद्घाटन गर्दै दृष्टि विहीनहरुले समेत उद्योग गर्न थाल्नु सपाङ्गहरुका लागि समेत उदाहरण भएको बताउनु भएको छ ।
झापा नेत्रहिन संघको आयोजनामा शुरु गरिएको चप्पल उद्योगले शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत टेवा पुग्ने संघकी अध्यक्ष यसोदा बरालले बताउनु भयो । रोशन थापाको अगुवाई शुरु गरिएको चप्पल उद्योगले अपाङगहरु पनि सपाङग जतिकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन काम थालेको उनीरुले बताएका छन् । कार्याक्रममा साना घरेलु उद्योग झापाका प्रमुख जयनारायण अधिकारी, अपाङसंघ दमकमा सचीव मदन वोहोरा लगायतले दृष्टिबीहीनले थालेको कार्यको उच्च प्रशंसा गर्दै बजारीकरणमा सवैले सहयोग गर्नु पर्ने बताएका छन् ।