
२५ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ९ सय ५७ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९२ जनामा गरिएको नमूना परीक्षणमा १ हजर ९ सय ५७ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ५ हजार १ सय ३ जन संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ३८ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ जनामा झरेकाे छ ।
