सवारी साधानमा हिड्दा सावधानः झापामा आज भएकाे सवारी दुघर्टनामा २ जनाकाे ज्यान गयाे

२६ माघ २०७८, ङाापा–सवारी दुर्घटनामा झापामा दुई स्थानमा २ जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजेतिर गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटना भएको छ । गौरादह १ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका १ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतिर जाँदै गरेको प्र.१–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडी सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकाे स्थानमा सोही दिशातर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको ट्रकले किचेर घटना स्थलमा नै दाहालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल मृतकका श्रीमान् नन्दलालले चलाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

त्यसैगरी यता बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीस्थित पूर्व-पश्चिम लोकमार्गमा पश्चिम आउँदै गरेको मे १ ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा म्याजिकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडी सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका छन् । गम्भीर घाइते चालक राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा दिउँसव आज पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहमा गाउँ–गाऊँमा कालोपत्रे योजना धमाधम चल्दैः गुणस्तरीय कार्य गर्नु पर्ने स्थानीयको माग (फाेटाे फिचर सहित)
Next post नेपालमा आज १३६९ संक्रमित, २२३८ निकाेः १२ जनाकाे मृत्यु (तालिका सहित)