गौरादहमा गाउँ–गाऊँमा कालोपत्रे योजना धमाधम चल्दैः गुणस्तरीय कार्य गर्नु पर्ने स्थानीयको माग (फाेटाे फिचर सहित)


२६ माघ २०७८/बालदिवश तामाङ

दक्षिण झापाको गौरादह नगरपालिकाले सवै वडामा कालोपत्रे पुर्याउने कार्याक्रम थालनी गरेको छ । स्थानीय सरकारको आफ्नै झण्डै ७ करोड हाराहारी बजेटमा ९ वटै वडामा कालोपत्रे निर्माण योजना थालेको हो । झापाको गौरादह नगरपालिका वडा नं. ६ को ग्रामिण क्षेत्रको दामुना बजारमा बर्षौंं पछि पहिलो पटक कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । नगरपालिकाको खर्चमा पहिलो पटक कालोपत्रे सडक निर्माण भए पछि पुरानो बजार क्षेत्रका बासिन्दा खुशी बनेको बजार समितिका अध्यक्ष देऊनारायण विष्टले बताउनु भयो । विष्टका अनुसार बषौं पछि पहिलो पटक कालोपत्रे सडक बजार क्षेत्रमा बने पछि संघीयता पछि साँच्चीकै विकास गाउँघरमा आए जस्तो लागेको बताउनु भयो । तर अझै पनि सवै सडक संजालसँग जोडिन गरी सवै सडक नबनाएसम्म गाउँको विकास पूर्णरुपमा नहुने उहाँले बताउनु भयो । बनेका सडकमा साइड पेन्टिङ समेत गर्न पाए अझै सडकको आकार्षण थप बढ्ने उहाँले बताउनु भयो ।

गाैरादह नगरपालिकाले जनप्रतिनिधि पाए पछि त्यस्ताे छी भन्ने गरी कुनै पनि काम नभएकाे प्रशासकीय अधिकृत राजेन्द्र भट्टराइले बताउनु भयाे । भट्टराइका अनुसार स्थानीय सरकारका पहलमा धेरै काम भएका छन् । ३ कराेड भन्दा धेरै स्थानीय तहकै बजेटमा पुल, कल्भर्ट र सडकहरू वनेका छन् । सवैकाे चाहाना अनुरूप काम नभएका हाेलान् तर काम भने नभएका हाेइनन् । भाैतिक पूर्वाधार देखि अन्य धेरै क्षेत्रमा विकास भएकाे उहाँकाे भनाइ छ ।

उचित सडक र पुल नुहँदा ग्रामिण क्षेत्रका बासिन्दाहरुले बर्षौं देखि सास्ती भोग्दै आउनु परेको थियो । तर अहिले एक वडा एक कालोपत्रे सडक कार्याक्रम निर्माण गरेर जनतालाई ठोस विकासको अनुभूती गराउन आफूहरु लागि परेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले बताउनु भयो । सवै वडामा कालोपत्रे पुर्याउने योजनामा आफूहरु सडक निर्माणमा लागेको उहाँले बताउनु भयो । यो योजनाले सडकमा सवै तिरको समस्या समाधान नभएपनि गाउँगाऊँसम्म विकासको अनुभूति भने नागरिकमा हुने उहाँले बताउनु भयो । स्थानीय तहको आफ्नै बजेटमा सबै वडामा सडक बनाउने योजना झापामा अर्जुनधारा नगरपालिकाले समेत थालेको छ ।

नगरपालिकाले ६ वटा वडामा कालो पत्रे सडक बनाउने कार्य सम्पन्न गरेको छ । न्यूनतम एक किलो मिटर भए पनि कालोपत्रे सडक बनाउने बहुवर्षीय योजना अनुसार सडक बनाउन थालिएको नगरपालिकाका इन्जिनियर गोपाल भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार यस बर्ष सानातिना ३ देखि ४ सय मिटरका शाखा सडक समेत धमाधम बनाउन थालिएको छ । सडक बनाउँदा मापदण्ड पुरा गरेर गुणस्तरीय बनाउन लगाइएको उहाँको भनाइ छ । यता गौरादह क्षेत्रमा संघीय सरकारले बनाइएका कतिपय सडक गुणस्तरीय हुन नसकेको भन्दै स्थानीयले बेलावेला आवाज उठाउँदै आएका छन् । खासगरी गौरादह देखि वैगुन्धुरा जाने संघीय सरकारले बनाउँदै आएको सडक बनाएको एक बर्ष पनि नभइ भत्किन थालेको छ । समय पनि नबाउने बनाए पनि गुणस्तरीय नबेकाले धेरै समस्या हुने गरेको स्थानीयले गुनासो पोखेका छन् । संघीय सरकारले बनाउँने सडकमा समेत स्थानीय सरकारले निगरानी गर्नु पर्ने उपभोक्ताले बताएका छन् । तर कतिपय सडक निर्माणमा आवश्यक निगरानी नभएका कारण गुणस्तरीयहीन बनेको उपभोक्ताको भनाइ छ ।


सवै वडामा कालोपत्रे सडक बनाउने योजनाले गौरादह नगरपालिकाका नागरिकले विकासको प्रत्यक्ष अनुभूती गर्न पाएको कार्यपालिका सदस्य टिकादेवी चुडालले बताउनु भयो । संघीय सरकार आएसँगै बर्षेनी बनाइएने नीति तथा कार्याक्रममा फरक र धेरै विकास गर्ने योजनामा स्थानीय सरकार लागेका छन् । तर निर्माण थालिएको कतिपय कार्य समयमा नगर्दा भएका पूर्वाधार समेत जोखिममा परेकाले सयममा गुणस्तरीय कार्य गर्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २४०१ संक्रमित, ७७७७ निकाेः १४ जनाकाे मृत्यु
Next post सवारी साधानमा हिड्दा सावधानः झापामा आज भएकाे सवारी दुघर्टनामा २ जनाकाे ज्यान गयाे