
२९ माघ २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय नयाँ संक्रमित हुनेकाे संख्या घट्न थालेकाे छ । गत २४ घण्टामा ८ सय ३६ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५४ जनामा गरिएको नमूना परीक्षणमा ८ सय ३६ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ८२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १ सय २ जनामा झरेकाे छ ।
