२९ माघ २०७८/बालदिवश तामाङ
विभिन्न प्रजातिका धेरै विऊ उत्पादन गर्ने किसानले नगद सहित सम्मान पाएका छन् । समूदाय स्तरमा प्रदेशमै सवै भन्दा धेरै विऊ प्रशोधन तथा भण्डारण गर्ने सामुदायिक विऊ केन्द्रको ५ औं साधारणसभामा ६ जना उत्कृष्ट किसानले सम्मान पाएका हुन् । सम्मानित हुनेमा धानमा होमनाथ भण्डारी, गहुँमा नागेश्वर सिंह कोइरी, राजमामा सविता बराल, जैघाँसमा विमला प्रसाईं र विविध बालीमा उत्कृष्ट किसानको रुपमा बालकुमारी श्रेष्ठ सम्मानित हुनु भएको छ ।

नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्था मार्फत संचालित सामुदायिक विऊ प्रशोधन केन्द्रले एक आर्थिक बर्षमा नाफा मात्र ४७ लाख गरेको केन्द्रकी अध्यक्ष गोमादेवी विष्टले बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन झापाका प्रमुख रविन्द्र सुवेदीको प्रमुख आथित्यमा भएको कार्याक्रममा धेरै विऊ दिने किसानलाई प्रोत्सान स्वरुप प्रति मनका हिसावले ६ देखि ४० हजारसम्म नगद समेत प्रदान गरिएको छ ।

यो विऊ केन्द्रले प्रदेश नम्बर एक देखि ३ सम्म धान, गहुँ, मकै, राजमा, जैघाँस लगायतका सरकारले सिफारिस गरेका उन्नत जातका विऊ विजन विक्री वितरण गर्दै आएको महारानी झोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । यस बर्ष अघिल्लो बर्ष भन्दा विऊ उत्पादन केही घट्ने भएको छ । गत कार्तिकको पहिलो साता आएको वेमोषमी बर्षा र बाढीले ठूलो क्षति भए पछि विऊ उत्पादनमा ह्रास आउने किसान विऊ केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *