बन संरक्षणमा चुनौती बढ्दैः हंसे दुम्से बनमा नयाँ समितिको पदास्थापन (फाेटाे फिचर सहित)
१ फाल्गुण २०७८/डिकेश लामा
झापाको सामुदायिक बनहरुको संरक्षणमा चुनौती थपिदै गएको बताइएको छ । जिल्लाको ठूलो बनको श्रेणीमा पर्ने दमकको हंसे दुम्से सामुदायिक बनको पद हस्तान्तरण कार्याक्रममा बन क्षेत्रका अगुवाहरुले बोल्नेक्रममा पछिल्लो समय बन संरक्षणमा चुनौती थपिदैं गएको बताएका हुन् ।
कोरोना कहरले बनका नियमित गतिविधि गर्न नपाउँदा बन विकास र संरक्षणको कार्यमा प्रभाव परेको बनका निवर्तमान अध्यक्ष हिमालय प्रसाद दाहालले बताउनु भयो ।
गत असारमै कार्यकाल सकिए पनि कोरोना भाइरस संक्रमणका कारण बनका गतिविधिमा प्रभाव परेकाले जिल्लाका अधिकाशं बनका हालै मात्र निर्वाचन हुन थालेका छन् । केही समय यता बनमा चोरी तस्करी अधिक बढेकाले नयाँ कार्य समितिले बन संरक्षणलाई पहिलो प्राथमिकता दिनु पर्ने बताइएको छ । उहाँले आफू बनमा आउँदा १७ लाख ऋणमा रहेको बनलाई हाल ३५ लाख रुपयाँ बंैक मौज्जाद राखेर पद हस्तान्तरण गर्न सफल भएको बताउनु भयो ।
हालै भएको निर्वाचनले बनमा चन्द्रप्रसाद गुँरागाईंको अध्यक्षतामा लेखा समिति सहित २८ जना निर्वाचित भएका छन् । नव निर्वाचित सदस्यहरुलाई आज भएको कार्याक्रममा प्रमाणपत्र वितरण, सपथ ग्रहण र पद हस्तान्तरण गरिएको निर्वाचन समितिका प्रमुख कृष्णप्रसाद भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार हंसे दुम्से सामुदायिक बनले नगरहको जैविक विविधता संरक्षणमा ठूलो काम गरेकाले यसको संरक्षण र विकासमा नयाँ समितिले प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
यस्तै कार्याक्रमा नव निर्वाचित अध्यक्ष गुरागाँईले आफू र आफ्नो नेतृत्वमा रहेको समितिले बनको संरक्षणका लागि उपभोक्ता सहयोग र सल्लाह लिएर अगाडि बढ्ने बताउनु भयो ।
झापा जिल्लमाा ५९ वटा सामुदायिक बन रहेका छन् । कोरोनाका कारण निर्धारित समयमा गर्नु पर्ने निर्वाचन रोकिएकाले हालै आएर निर्वाचन हुन थालेको जिल्ला बन कार्यालय झापाले जानकारी दिएको छ ।