जनयुद्ध दिवशको अवसरमा रक्तदान सहित जिल्लामा विविध कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)


१ फाल्गुण २०७८/सारासन्देश समाचार

झापाको दमकमा २७ औं जनयुद्धको अवसरमा आज विधार्थीहरुले रक्तदान गरेका छन् । अखील क्रान्तिकारी दमक क्याम्पस इकाइ कमिटिको आयोजनामा भएको कार्याक्रममा विधार्थी, नेकपा (माओवादी केन्द्र) पार्टीका नेता सहित ४० जनाले रक्तदान गरेका छन् । यस्तै आजै यता चुलाचुलीमा पनि १६ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी रक्त संचार दमक शाखाले जानकारी दिएको छ ।

कमितिका हरिप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्याक्रममा विधार्थीले आफ्नो संगठनको व्यानर समेत उद्घाटन गरेका छन् । कार्याक्रममा प्रमुख अतिथि रहनु भएका नेकपा माओवादी केन्द्र प्रदेश नम्बर एकका कोषाध्यक्ष गगन पुरीले देशमा जनयुद्धका कारणले शहिद बनेका, वेपत्ता भएकाहरुको समस्या प्रति पार्टीले राज्यलाई उत्तरदायी बनाउनु पर्ने बताउनु भयो । यस्तै अाजै दमकका सुकुम्बासी समस्या सम्बन्धी अन्तकृया समेत भएकाे छ ।

सुकुम्बासी समस्या समाधानका लागि श्याम कुमालकाे संयाेजन ५५ सदस्यी अखील नेपाल सुकुम्बासी संघ दमक नगर कमिटि गठन गरेकाे नगर कमिटी अध्यक्षा रवि बस्नेतले बताउनु भयाे । यस्तै यता अाज जिल्लाका मुख्य बजारमा साँझ पख एकसाथ दीप प्रज्वलन समेत भएकाे छ । २७ अाैं जनयुद्ध दिवशको अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् । यस्तै मदेश प्रदेशले सार्वजनिक विदा समेत दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल संक्रमित संख्या ह्वात्तै घट्याेः अाज ५२१ संक्रमित, ३९३५ निकाे
Next post बन संरक्षणमा चुनौती बढ्दैः हंसे दुम्से बनमा नयाँ समितिको पदास्थापन (फाेटाे फिचर सहित)