निकाे हुनेकाे संख्या भने दैनिक बढ्दाे

४ पाैष २०७७, काठमाडौं– नेपालमा काेराेना भाइरस संक्रमण घटेकाे छ । परिक्षणकाे संख्या घटेसँगै संक्रमित हुनेकाे संख्या पनि घटेकाे हाे । आज थप ७ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा १ हजार १ सय ७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४२ हजार ५ सय ७६ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ६ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ स ७७ रहेको छ ।
