झापाको तेस्रो ठूलो तल्लो रामचन्द्रे सिंचाईको करडौंको लगानी प्रयोग विहीन(फाेटाे फिचर सहित)

default
चाँडो पानी संचालन गर्न स्थानीयको माग
६ फाल्गुण २०७८/बालदिवश तामाङ
झापाको जिल्लामै तेस्रो ठूलो तल्लो कृष्णे सिंचाई योजना लामो समय देखि प्रयोगविहीन बनेको छ । ६ बर्ष अघि नहरको मुहान खोलाले बगाए पछि २ बर्ष देखि झण्डै ९ करोड बजेट खर्च गर्दा समेत नहर पूर्नसंचालनमा नआउँदा दक्षिण झापा गौरीगंजका सयौं किसान समस्यामा परेका छन् । राज्यको ठूलो रकम सिंचाइमा खर्च भए पनि पानी भने संचालन हुन सकेको छैन ।

६ बर्ष देखि प्रयोगविहीन बनेको झापाको तेस्रो ठूलो सिंचाई योजना पुन संचालनको गर्ने प्रयास थालिएको छ । १ हजार ५ सय हेक्टर क्षेत्रफललाई लक्षित गरी संचालनमा ल्याइएको तल्लो किष्णे सिंचाइ योजना बाढीका कारण बन्द भए पछि पुनसंचालनको तयारी थालिएको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय भद्रपुरका प्रमुख कृष्णप्रसाद राजबंशीले बताउनु भयो । २०५४ साल देखि निर्माण थाली २०६९ सालमा सकिएको सिंचाई योजना ५ बर्षसम्म संचालनमा आयो । तर त्यस पछि बाढीका कारण मुहान तथा अन्य क्षेत्रमा नहर भत्किएकाले पानी संचालनमा समस्या भएको स्थानीय घनश्याम राजबंशीले बताउनु भयो ।


क्षति गरे पछि २०७४ साल देखि ८ करोड ७९ लाख बजेटमा निर्माण तथा मर्मत थालिएको छ । त्यस अघि खर्च समेत गर्दा हालसम्म १३ करोड बढी सिंचाईमा लगानी भईसकेको छ । ठूलो रकम खर्च गरेको तल्लो रामचन्द्रे सिंचाई योजना चाँडो निर्माण गर्नु पर्ने गौरादह नगरपालिका वडा नं. ८ का होमनारायण ताजपुरियाले बताउनु भयो । ताजपुरियाका अनुसार नहरमा मानिसलाई आवातजावातमा समेत समस्या रहेको छ । सुरक्षित तरिकाबाट नहर संचालनमा ल्याउनु पर्ने उहाँले बताउनु भयो ।


१ हजार २ सय किसानलाई लक्षित गरी संचालनमा ल्याइएको तल्लो कृष्णे सिंचाई योजना बन्द भए पछि दक्षिणी सिमावर्ती क्षेत्रका किसानले साना ट्यूवेलहरुको प्रयोग गर्न थालेका छन् । साना सिंचाई र आकाशे पानीको भरमा मात्र खेती गर्न समस्या भएकाले सिंचाई योजना चाँडो संचालन गर्न किसानले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज ४३७ संक्रमित, २४५४ निकाेः २ जनाकाे मृत्यु
Next post नेपाल आज ३५० संक्रमित, १२७२ निकाेः ४ जनाकाे मृत्यु