आर्मी र न्यूडायमण्ड फाइनलमा प्रवेशः आँखै अगाडी राष्ट्रिय स्तरको महिला भलिवल खेल निशुल्क हेर्न पाउँदा दमकबासी खुशी (फाेटाे फिचर सहित)

default

२३ फाल्गुण २०७८/डिकेश लामा
झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन आर्मीले नेपाल प्रहरीलाई वेष्ट अफ फाइभमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीलाई सोझो ३ सेटमा हराउँदै न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो ।


११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा महिला सशक्तीकरणका लागि गरिएको खेल प्रतियोगिताको भोलि तेस्रो स्थान छनौटका लागि विभागीय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विहान ७ बजे खेल हुने छ । यस्तै फाइनल खेलका लागि १० बजे आर्मी र न्यू डायमण्डबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ । आजको खेलमा विजयी टीमका न्यूडामण्ड स्पोर्ट एकाडेमीको जर्सी नम्बर १४ की प्रगती नाथ र विभागीय टीम त्रिभूवन आर्मीको जर्सी नम्बर ११ की संगम महत्तोले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका छन् ।
खेलमा प्रथम हुनेले २ लाख र दितीयले १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्ने छन् ।


यस्तै आज भएको खेल अवधिको समयमा यस अघि वंगालादेशमा भएको अन्तराष्ट्रिय स्तरको खेलमा विजयी बनेर आएका १२ जना खेलाडी र ३ जना पूर्व खेलाडी सहितलाई सम्मान पत्र र नगद ५ हजारले सम्मान गरिएको दमक भलिवल खेल विकास समितिका उपाध्यक्ष प्रेम बाँस्तोलाले बताउनु भयो ।
खेल विकासमा महिलाले विश्व सामु उच्च नाम राख्न दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको नेपाल भलिवल संघकी केन्द्रिय सदस्य सदस्य ज्योति केसीले बताउनु भयो ।


आजको कार्याक्रमको प्रमुख अथिति राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल पूर्वी नेपालमा पहिलो चोटी दमकमा भएको राष्ट्रिय महिला भलिवल खेलले खेल जगतको विकास र आकार्षण थपेको बताउनु भयो । महिलाको खेल क्षेत्रमा विकास गर्न दमकले मात्र ८ लाख नगद उपलव्ध गराएको छ भने खेल संचालन गर्न १६ लाख भन्दा धेरै खर्च हुने भएकाले सहयोग संकलनका लागि दमक भलिवल विकास समितिका सल्लाहकार संयोजक जयकुमार श्रेष्ठको संयोजनमा सहयोग जुट्दै गएको समितिका सचीव पूर्व खेलाडी राजु श्रेष्ठले बताउनु भयो ।
सयौं दर्शक माझ भएको राष्ट्रिय स्तरको भलिवल आँखै अगाडी निशुल्क हेर्न पाउँदा दमक लगायत आसपास पालिका क्षेत्रका खेलप्रेमीहरुले खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा तेस्राे भेरियन्ट घट्दै आज ६८ जना मात्र संक्रमित
Next post झापा गोल्ड कपमा सात दोवाटो सेमिफाइनलमा प्रवेश